बुधबार बैतडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमणमुक्त
बैतडी साउन १३ ।बुधबार बैतडीका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४१ जनाको कोरोना परीक्षण गरिएकोमा दशरथचन्द नगरपालिका वडा नं ४ का ६ जना र वडा नं ५का २ जना गरि थप ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बैतडीका सिआइसीटी सहजकर्ता बिनीता चौधरीले जानकरी दिनुभयो ।
१६ जनाको पीसीआर परीक्षण गर्दा ८ जनाको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो । झुलाघाट नाकामा रहेकाे हेल्थ डेस्कमा २५ जनाको एन्टीजेन गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उहाँको नाई छ । यस्तै बुधबार ३ जानले कोरोना जितेका छन् । जिल्लाको सुर्नया गाउँपालिकाका २ जना दशरथचन्द नगरपालिकाका १ जना गरि थप ३ जना कोरोना जितेर संक्रमण मुक्त भएका हुन् ।
बुधबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या २८ पुगेको छ। सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकाका १२ जना रहेका छन् ।यस्तै दोगडाकेदार गाउँपालिका, पाटन नगरपालिका ३÷३ जना सुर्नया गाउँपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै सिगास गाउँपालिकाका र डीलाशैनी २ ÷२ जना, शिवनथा गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका १÷१ जना रहेका छन् । यस्तै बैतडीमा ३ जना कोरोनाका सक्रिय संक्रमित बाहिर जिल्लाका रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकामा भने कोरोना सक्रिय संक्रमित छैन् । सो पालिकामा रहेका सबै जना सक्रिय संक्रमित कोरोना जितेर निको भइसकेका छन् ।