बैतडीका मृगौला पिडित नर बहादुर रावतको उपचारमा सहयोगका लागी अपिल

बैतडी-श्रावन ११/ बैतडीका मृगौला पिडित नर बहादुर रावतको उपचारमा सहयोगका लागी अपिल गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ तलकट्टे घर भएका २७ बर्षिय रावलको एउटा मृगौला पुणर् रुपमा फेल भएको र अर्को मृर्गौलाले समेत काम गर्न छोडेपछि उनको उपचारमा आर्थिक सहयोगका लागी अपिल गरिएको हो । देहीमाण्डौ बजारमा सामान्य ब्यवसाय गरेर जीवीका चलाउँदै आएका उनको परिवारको आर्थिक अवस्था नाजुक भएकाले मृर्गौला प्रत्यारोपणका लागी अर्थ अभाव देखिएको छ ।

   स्वास्थ्यमा समस्या देखिए पछि काठमाण्डौको टिचिङ हस्पिटलमा चेकँजाच गर्दा एक महिना अगाडी उनको मृगौला फेल भएको पत्ता लागेको थियो । यसैबिच मृगौला पिडित रावतको उपचारका लागी आईतवार देहीमाण्डौ बजारका ब्यवसायीहरुले रकम संकलन गरेका छन् । बिभिन्न मनकारी ब्यक्तित्वहरुबाट संकलित ७३ हजार ७ सय ६५ रुपैया देहीमाण्डौ बजार ब्यबस्थापन समितिका अध्यक्ष तेज बहादुर बोहराले मृगौला पिडित रावतको परिवारलाई हस्तान्तरण गर्नुभएको देहीमाण्डौका ब्यबसायी एबंम सामाजिक अभियान्ता जग्दीस क्षेत्रीले जानकारी दिनुभएको छ ।

   दशरथचन्द नगरपालिका वडा २को कार्यालयले पनी वडा कार्यालयबाट रावतको उपचारको लागी सहयोग गर्ने प्रतिवद्धता जनाएको र नगरपालिकालाई समेत सिफारिस गरेको क्षेत्रीले बताउनुभयो । यस्तै बालिचन धार्मीक तथा सामाजिक क्षेत्र विकास कोषले पनी सहयोगको लागी एक्यबद्धता जनाएको छ । उनको उपचारका लागी सहयोग गर्न चाहनेहरुलाई एनएमबी बैंक गोठलापानीमा रहेको खाता नम्बर १९२०१६१३५०३०००१२ मा जम्मा गरिदिन अनुरोध गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.