बैतडीमा आइतबार कोरोनाका नयाँ संक्रमितको सङख्या शून्य

बैतडी साउन १० ।बैतडीमा आइतबार कोरोनाका नयाँ संक्रमितको सङख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

झुलाघाट नाकाको हेल्थडेस्कमा २१ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना नदेखीएको स्वास्थ्य कार्यालय बैतडीका सिआइसीटी अफिसर बिनीता चौधरीले जानकारी दिनुभयो । बैतडी जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या २४ रहेको छ ।

सक्रिय संक्रमित मध्ये सुर्नया गाउँपालिकामा ६ जना, पाटन नगरपालिकामा ४ जना, दशरथचन्द नगरपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा २ जना, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना रहेका छन् ।

२४ जना कोरोनाका सक्रमित मध्ये जिल्ला बहिरका ४ जना रहेका छन । अहिले बैतडीका ३ पालिका कोरोनाका सक्रिय संक्रमित शून्य पालिका भएका छन् । मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र डीलाशैनी गाउँपालिका त्तकालका लागि कोरोनाका सक्रिय संक्रमित शून्य पालिका भएका हुन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.