शनिबार बैतडीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि, ६ जना निको भए

बैतडी साउन ९ गते ।बैतडीमा कोरोना संक्रमण घट्दै गएको छ । पछिल्लो केहि दिन यता जिल्लामा कोरोना संक्रमणदर घट्दै गएको हो । जारी निषेधाज्ञाका कारण संक्रमण नियन्त्रण्मा आएको हो ।

बैतडीमा संक्रमण पुष्टि हुने सङख्यमा भन्दा संक्रमणमुक्त हुनेकाे सङख्या बढ्दै गएकाे  छ । शुक्रबार बैतडीमा दुइ जनामा  कोरोना संक्रमण पुष्टि भएकोमा २१ जना कोरोना संक्रमण मुक्त भएका थिए भने शनिबार ३ जना थपिएका छन भने ६जना निको भएका छन् ।

शनिबार संक्रमण पुष्टि हुनेमा जिल्लाको सिगास गाउँपालिकाका २ जना र दशरथचन्द नगरपालिकाका १ जना रहेका छन् । यस्तै बैतडीमा शनिबार ६ जनाले कोरोना जितेका छन् । सुर्नया गाउँपालिकाका ३ जना पाटन नगरपालिकाका १ जना, मुगु जिल्लाका १ जना र बझाँङ जिल्लाका १ जना शनिबार कोरोना जितेर निको भएका हुन् ।

शनिबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या २४ रहेको छ । २४ जना सक्रिय कोरोनाका सक्रमित मध्ये जिल्ला बहिरका ४ जना रहेका छन भने बाँकी सबै बैतडीका हुन् ।

अहिले बैतडीका ३ पालिका कोरोनाका सक्रिय संक्रमित शून्य पालिका भएका छन् । मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र डीलाशैनी गाउँपालिका त्तकालका लागि कोरोनाका सक्रिय संक्रमित शून्य पालिका भएका हुन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.