बैतडीमा पनी कोरोनाको सम्भावित तेस्रो लहरको पुर्व तयारी, एचडियु सहित १५ शैय्या निर्माण

जनक साउँद-बैतडी-श्रावन ०८/ कोरोना भाईरस कोभिड १९ को सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैतडीमा पनी पुर्व तयारी थालिएको छ । अहिले लकडाउन खुकुलो भएसंगै फेरि कोरोनाको तेस्रो लहर आउने सक्ने विज्ञहरुले चेतावनी दिईरहेका बेला बैतडीमा पनी पुर्ब तयारी थालिएको हो । तेस्रो लहरले निम्त्याउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल बैतडी प्रतिकार्यका लागी पुर्व तयारीमा जुटेको अस्पतालका प्रमुख डाक्टर बशन्त राज जोशीले जानकारी दिनुभएको छ ।

  जिल्ला अस्पताल बैतडीले अहिलेसम्म आफ्नो पुरानै भवनमा कोभिडका बिरामीहरुको उपचार गर्दै आएकोमा शुक्रबार अस्पतालको निर्माणधिन नयाँ भवनमा नयँँ शैय्या बिस्तार गरेको छ । पुरानो भवनमा कोभिडका बिरामीको उपचार गर्दा अन्य रोगका बिरामीहरुलाई पनी जोखिम हुने भएकोले नयाँ भवनमा हाई डिफेन्डेन्सी युनिटि (एचडियु) सहित १५ शैय्या निर्माण गरेको डाक्टर जोशीले बताउनुभयो ।

   शुक्रवार एक कार्यक्रमका बिच १० शैय्याको मात्र उद्घाटन गरिए पनि १५ शैय्या निर्माण गरिएको उहाँको भनाई छ । निर्माण गरिएका शैय्याको शुक्रवार जिल्ला अस्पताल ब्यबस्थापन समितिकी अध्यक्ष पार्वती भट्टको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिद्धराज भट्टले उद्धघाटन गर्नुभएको हो । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेय लगायत, सुरक्षा निकायका प्रमुख र अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.