बैतडीका थप दुई जनामा कोरोना ,कुल सङ्क्रमित ३ सय पन्चासी
बैतडी -असोज- २/ बैतडीका थप दुई जनामा कोरोना पुष्टि भएको छ । आज डडेल्धुरा प्रयोगशालामा गरिएको परीषण्मा थप दुइ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यकार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ती भुवन प्रशाद जोशीका अनुसार शुक्रबार संक्रमण पुष्टि हुनेमा सुर्नया गाउँपालिका ७ का महिला र मेलौली नगरपालिका ३ का पुरुष रहेका छन ।
आज शुक्रबार दुई जना थपिए संगै बैतडीमा कुल कोरोना संक्रमितको संख्या ३ सय ८५ पुगेको छ । शुक्रबार संक्रमण पुष्टि हुने दुवै जना भारतबाट आएका बताइएको छ । दुवैजनालाई होम क्वारेन्टाइनमै बसेकाबेला संक्रमण देखिएको हो । संक्रमितहरु स्वास्थ्यकर्मिहरुको निगरानिमा रहेका र स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ ।यस्तै शुक्रबार थपिएका दुई जना सहित बैतडीमा सक्रिय संक्रमितको संख्या १० पुगेको छ ।
जिल्लाका ३ स्थानियतहरुमा सकृय संक्रमित रहेका छन । स्वास्थ्य कार्यालयले जनाए अनुसार दशरथचन्द नगरपालिकाका ६, मेलौली नगरपालिका१ , डिलाशैनी गाउँपालिका २ र सुर्नया गाउँपालिकाका १ जना मात्रै सक्रिय संक्रमित रहेका छन । अहिले सम्म बैतडीका ३ सय ८५ जनामा संक्रमण पुष्टि भएकोमा ३ सय ७५ जना संक्रमण मुक्त भइसकेका छन भने १० जना सक्रिय संक्रमित रहेका छन ।