बसालीमा पहिरो जादाँ सतंबाज-गोकुलेश्वर सडकखण्ड अवरुद्ध

बैतडी-श्रावन ०८/ पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बैतडीको सतंबाज -गोकुलेश्वर सडकखण्ड अन्र्तगत दोगडाकेदार गाउँपालिका वडा नम्बर ४ बसालीमा शुक्रबार बिहान साढे ८ बजेको समयमा सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको पत्रकार नरेन्द्र बिष्टले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा दार्चुला तथा बैतडीको गोकुलेश्वरबाट तराई तथा जिल्ला सदरमुकामका लागी छुटेका र तराईबाट दार्चुलाका लागी छुटेका यातायातका साधनहरु अपलत्र परेका बिष्टले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.