विपि कोइरालाको ३९ औँ स्मृति दिवस बैतडीमा पनी मनाईयो

बैतडी–श्रावन ०६/ आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस, बैतडी पनी मनाईएको छ । नेपाली काङग्रेस बैतडी जिल्ला कार्य समितिले जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ को भुमेश्वर मन्दिरमा बृक्षारोपण गरी दिवस मनाएको हो । दिवसका अवसरमा नेपाली काङग्रेसका नेता कार्यकर्ता र नेपाली काङग्रेसका बिभिन्न भातृ संगठनका पदाधिकारीहरुको सहभागीतामा भुमेश्वर मन्दिरमा बिभिन्न प्रजातिका बिरुवाहरु रोपण गरि दिवस मनाईएको नेपाली काङग्रेस जिल्ला कार्य समिति सदस्य रमेश सिह भण्डारीले जानकारी दिनुभएको छ । यस्तै दिवसको अवसरमा नेपाली काङग्रेस बैतडीले अन्र्तक्रिया कार्यक्रम पनी गरेको छ । अन्र्तक्रिया कार्यक्रममा पार्टीका नेताहरुले विपि बिचार, शिद्धान्त, उहाँले देखाएको बाटो र संर्घषका बारेमा आफ्ना धारणाहरु राखेको भण्डारीले बताउनुभयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.