बैतडी : २० दिनदेखि अनसनरत लेन्थवर्करहरुले तोडे अनसन

जनक साउँद-बैतडी-श्रावन ०६/ बैतडीको पाटन-पञ्चेश्वर सडकखण्डमा काम गर्ने लेन्थवर्करहरुले २० दिन पछि अनसन तोडेका छन् । आफुहरुको २१ महिनासम्मको पारिश्रमिकको माग गर्दै गत असार १८ गतेदेखि रिले अनसन थालेका उनीहरुले बुधवार अनसन तोडेका हुन् । पाटनमा बुधबार बसेको सरोकारवालाहरुको बैठकबाट सहमती जुटे पछि उनीहरुले अनसन तोडेका हुन् । लेन्थवर्करहरुको समस्यालाई दृष्टिगत गर्दै उनीहरुको ब्यबस्थापन गर्न सुदुरपश्चिम प्रदेश सरकारलाई निति बनाउन आग्रह गर्ने र निति बनाई सके पछि पाटन-पञ्चेश्वर सडकखण्डमा बिगतदेखि नै काम गर्दै आएका उनीहरुलाई नै निरन्तरता दिने सहमती भए पछि उनीहरुले अनसन तोडेका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले जानकारी दिनुभएको छ ।

    सुदुरपश्चिम प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्ट (आदित्य) समेत सहभागी उक्त बैठकमा लेन्थवर्करहरुको पारिश्रमिकका लागी प्रदेश सरकार सामु बिशेष पहल गरिने आपसी समझदारी भएको पाण्डेले बताउनुभएको छ । यस्तै तत्काल उनीहरुको माग सम्बोधन नभए पाटन नगरपालिका र मेलौली नगरपालिकाले लेन्थवर्कहरुलाई राहत स्वरुप खाद्यन्न समाग्री उपलब्ध गराउने समेत मौखिक सहमती भएको प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाई छ ।

    सहमती पश्चात अनसनरत लेन्थवर्करहरुले पाटन नगरपालिकाका नगरप्रमुख केशब बहादुर चन्दको हातबाट जुस पिएर अनसन तोडेका हुन् । बैठकमा प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डे,सुरक्षा निकायका प्रतिनिधि, जिल्ला समन्वय समिति प्रमुख शिद्धराज भट्ट, भौतीक पुर्वाधार कार्यालय बैतडीका प्रमुख जगत प्रशाद जोसी, पाटन नगरपालिकाका प्रमुख चन्द र बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु सहभागी थिए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.