मगंलवार बैतडीमा थपिने र निको हुने कोरोना संक्रमितको संख्या शुन्य

बैतडी-श्रावन ०५/ मगंलवार बैतडीमा निको हुने कोरोना संक्रमितको सख्या शुन्य रहेको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्लो २४ घण्टामा कोही पनी संक्रमित कोरोना जितेर डिस्चार्ज नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै नयाँ संक्रमित पनी नथपिएको जनाईएको छ । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन बिधिबाट गरिएका सबै रिर्पोटहरु नेगेटिभ आएका छन् । बैतडीमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ६० रहेको छ । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकामा १८ जना रहेका छन् । यस्तै सुर्नया गाउँपालिकामा र पाटन नगरपालिकामा ९/९ जना, दशरथचन्द नगरपालिकामा ७ जना र डिलाशैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा २/२ जना रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिकामा १/१ जना कोरोनाका सक्रिय संक्रमित छन् भने जिल्ला बाहिरका १० जना रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा भने कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.