दोगडाकेदारका १८ सहित थप २० कोरोना संक्रमित निको
बैतडी-श्रावन ०४/ बैतडीका थप २० जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार सोमवार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । कोरोना जितेर निको हुनेमा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका १८ जना रहेका छन् । यस्तै मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाका १/१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनी संक्रमण पुष्टि भएको छैन । सोमवार २० जना निको भएसंगै अव जिल्लामा कोरोनाका सक्रिय संक्रमित ६० जना रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकामा १८ जना रहेका छन् । यस्तै सुर्नया गाउँपालिकामा र पाटन नगरपालिकामा ९/९ जना, दशरथचन्द नगरपालिकामा ७ जना र डिलाशैनी गाउँपालिका र पुर्चौडी नगरपालिकामा २/२ जना रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र मेलौली नगरपालिकामा १/१ जना कोरोनाका सक्रिय संक्रमित छन् भने जिल्ला बाहिरका १० जना रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा भने कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् ।