जिल्ला अस्पताल बैतडीको पिसीआर प्रयोगशालामा शनिबार कोरोना परीक्षण नहुने

बैतडी- साउन १ /बैतडी जिल्लामा रहेको पिसीआर प्रयोगशालमा शनिबार कोरोना परीक्षण नहुने भएको छ ।जिल्ला अस्पताल बैतडीले शुक्रबार एक सूचना जारी गर्दै अब देखि शनिबार कोरोना परीक्षण नगरिने जनाएको हो ।

असार मध्यबाट मुलुकका धेरै जसो जिल्लामा जस्तै बैतडीमा पनि कोरोना संक्रमण उल्लेख्य मात्रामा कमिआएकाले सन्दर्भमा शनिबारबाट पीसीआर प्रयोगशालामा कोरोना परीक्षण नहुने व्यहोरा जानकारी गारइन्छ्ः जिल्ला अस्पताल बैतडीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै लक्षण भएका, कन्ट्याक्ट टे«सिङमा परेका व्यक्ती तथा नेपाल सरकारले तोकेको निशूल्क परीक्षणको मापदण्ड भित्र पर्नेको मात्रै निशुल्क परीक्षण हुने बताइएको छ । लक्षण नभएका र संक्रमितको सम्पर्कमा नपरेका व्यक्तीहरुले कोरोना परीक्षण गर्न इच्छाए नेपाल सरकारले तोकेको रु १ हजार शूल्क लाग्ने जिल्ला अस्पताल बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.