मदिरा सेवन गरि जनप्रतिनिधिले चलाएको सुर्नयाको गाडी प्रहरी नियन्त्रणमा
डीआर भट्ट–बैतडी–श्रावन–०१/ बैतडीको सुर्नया गाउँपालिकाको मोटरसाइकल तीन दिनदेखि प्रहरी नियन्त्रणमा छ । सुर्नया गाउँपालिका कार्यापालिका सदस्य प्रकाश विकले चलाएको से १ ब ५५३ नम्बरको सरकारी मोटरसाइकल देहिमाँडौ प्रहरी चौकीले ३ दिन पहिले नियन्त्रणमा लिएको हो ।
मदिराको तालमा लठ्ठीएर मोटरसाइकल चालाउदै गरेका विकलाई बुधबार अपरान्न गोठलापानी बाट आउँदै गर्दा मोटरसाइकल सहित नियन्त्रणमा लिएको देहीमाण्डौ प्रहरी चौकीका इन्चार्ज केशब सिहँ भण्डारीले जानकारी दिनुभयो ।
“उनले भने, पुरै रोड कब्जा गरेर मोटरसाइकल चलाइरहेका उनलाई रोक्यौँ । मदिरा सेवन गरेको थियो । मदिरा सेवन गरेको तालमा मोटरसाइकल चलाइरहेका उनलाई सडक दुर्घटना हुने डरले नियन्त्रणमा लिएका हौँ ।”उनलाइ त्यही दिन छोडे पनि मोटरसाइकल भने चौकीमै रहेको उहाँको भनाई छ
मन्त्रीको पावर लाउँछु भन्दै प्रहरीलाई ‘धम्की’
प्रहरीले रोकेर नियन्त्रणमा लिएपछि उनले सुर्नयाको जनप्रतिनिधि हुँ भनेर छोड्न आग्रह गरेको बताइएको छ । प्रहरीले बिना लाइसेन्स मदिरा सेवन गरेर रोडमा मोटरसाइकल चलाउन पाइन्छ?अप्रिय घट्ना घटे को जिम्मेवार हुने भनेर भन्दा मलाइ नछोडे मन्त्रीलाइ फोन गर्ने धम्की दिएको प्रहरीको भनाई छ ।
नछाडे मन्त्रीको पावर लगाउने भने पछि फेरी मोटरसाइकल लगेर प्रहरीचौकीमा राखेको प्रहरीको भनाई छ । अहिलेका जनप्रतिनिधिहरुले सरकारी सवारीसानधहरुको दुरुपयोग गरेको पाइन्छ ।