बिहीबार बैतडीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बैतडी असार ३१ ।बैतडीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको परीक्षणमा जिल्लाको पाटन नगरपालिकाका २ जना र दोगडाकेदार गाउँपालिकाका १ जना गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप ३ जना थपिए संगै बैतडीमा सक्रिय संक्रमितको सङख्या ८७ जना पगुेको छ । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३७ जना, सुर्नया गाउँपालिकामा १० जना, दशरथचन्द नगरपालिकामा ९ जना, पाटन नगरपालिकामा १० जना र मेलौली नगरपालिकामा ५ जना रहेका छन् ।
यस्तै पुर्चौंडी नगरपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना, सिगास गाउँपालिकामा एक जना र पञ्चेश्वर गाउँपालिकामा एकजना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका १० जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।