बैतडीमा जारी निषेधाज्ञा खुुकुलो पारेर साउन १५ सम्म लम्बियो

बैतडी असार ३० ।बैतडीमा जारी निषेधाज्ञा साउन १५ गते सम्म निरन्तरता दिने निर्णय भएको छ । कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अगामि साउन १५ सम्म निरन्तरता दिने निर्णय भएको हो ।

असार १५ देखी खुकुलो पार्दै असार ३१ गते १२ बजे राती सम्म कायम गरिएको निषेधाज्ञा जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले साउन १५ सम्म निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचानाअधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

कोभिड संक्रमण घट्दो क्रममा रहेकाले जन स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गर्ने गरि जारी निषेधाज्ञालाई सरलिकरण गरेर साउन १५ सम्म कायम गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा खुकुलो पारेर दोस्राेपटक निषेधाज्ञा थप गरिएको छ ।

यो अवधिमा सबै सेवा सुचारु हुने बताउँदै प्रशासन कार्यालयका सूचनाअधिकारी भारतीले स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य पालना गर्नुे पर्ने बताउनुभयो । बैतडीमा वैशाख २० गते देखी निषेधाज्ञा जारी छ । यो छैटौँ पटक निषेधाज्ञा थप गरिएको हो । अहिले जिल्लामा सबै सेवा सुचारु छन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालन गरि बच्न र बचाउन आग्रह गरिएको छ । पाँचौ पटकको निषेधाज्ञाको समय अवधी असार ३१ गते बिहीबार राती १२ बजे सकिदै छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.