दार्चुलाका युवाहरु ड्रागन फ्रुटको खेतीमा ब्यस्त

जनक साउद–असोज २ / पहिलो चोटी दार्चुलामा ड्रागन फ्रुटको खेती थालिएको छ । जिल्लाको नौगाड गाउपालिका ६ मलानका युवाहरु मिलेर ब्यबसायीक रुपमा ड्रागन फ्रुटको खेती थालेका हुन । कृषि बिषय अध्ययन गरेका युवाहरुले १० लाखको लागनीमा ड्रागन फ्रुटको खेती थालेका बताएका छन । युवाहरुले ब्यबसायीक रुपमै ग्रीनल्याण्ड कृषि तथा पशुपालन फर्म दर्ता गराएर ब्यबसाय सुरु गरेको सञ्चालक प्रकाश सिह धामीले जानकारी दिनुभयो । “लामो समय कृषि क्षेत्रमा काम गरेका बिज्ञहरु र कृषि बिषय अध्ययन गरेका युवाहरु मिलेर पहिलो चोटी गाउमै ड्रागन फ्रुटको खेती थालेका छौ ।”“हामीसगं ईन्जिनिएर  पनी छन ” उनले भने । उनीहरुले अहिले ८ सय बोट ड्रागन फ्रुटका बोटहरु लगाएका छन । नेपालमा यसको सम्भावना राम्रो भएको र स्वास्थ्यका लागि पनि उपयोगी भएकाले आफूहरुले यसको खेती शुरु गरेको उनको भनाई छ । सुदुरपश्चिममा अहिलेसम्म कुनै पनी ठाउमा ड्रागन फ्रुटको खेती नभएको उहाको भनाई छ ।

आफ्नै ठाउमा पौरखी खियाउनु पर्छ भन्ने उदेश्यले आफुहरुले ब्यबसायीक रपमा ड्रागन फ्रुटको खेती थालेको फर्म सञ्चालक युवाहरुले बताएका छन । ड्रागन फ्रुटको सम्भावना अध्ययन पश्चात ब्यबसायीक खेती थालेको अर्का युवा महेन्द्र सिह धामीले बताउनुभयो । “हामी ५,६ जना युवाहरु मिलेर सिकेको सीप आफ्नै ठाउमा सदुपयोग गरिरहेको छौ ” उनले भने । बोटहरु खरिदको लागी नौगाड गाउपालिकाले पनी सहयोग गरेको उहाले बताउनुभयो । यता गाउपालिका अध्यक्ष प्रेम सिह धामीले युवाहरुले थालेको कार्य अरु युवाहरुको लागी पनी प्रेरणा भएको बताउनुभयो ।

ड्रागन फ्रुटको खेतीमा लागेका युवाहरुको कार्य उदाहरणी भन्दै अध्यक्ष धामीले गाउपालिकाले युवाहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अहिले फलामे पोलहरु गाडेर ड्रागन फ्रुटको खेती ब्यबस्थापन गरिएको छ । सिउडी प्रजातीको ड्रागन फ्रुट लगाएको दुई बर्ष पछि फल्न सुरु हुने र २० देखि ३० बर्ष सम्म लगातार फल दिने गर्दछ । अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने भर्खरै यसले प्रवेश पाएको छ । यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यो फल औषधीय गुणले भरिपूर्ण रहेको बताईएको छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.