बैतडीमा शव वाहनकाे व्यवस्था
डीआर भट्ट -बैतडी असार ३० । बैतडीमा शव वाहनको व्यवस्था भएको छ । जिल्ला अस्पताल बैतडीले शव वाहन खरिद गरेको हो । जिल्ला समन्वय समितिको सहयोगमा जिल्ला अस्पतालले शव वाहन खरिद गरेको अस्पतालका प्रमुख डाक्टर बसन्त राज जोशीले जानकारी दिनुभयो ।
समन्वय समितको आर्थिक सहयोगमा खरिद गरिएको शव वाहन जिल्ला अस्पतालमा आइपुगेको उहाँले बताउनुभयो । जिल्लामा शव वाहन नहुँदा लास ओसार्न समस्या हुने गरेकोमा अब सहज हुने भएको छ । जिल्लामा शव वाहन नहुदा नागरिकहरुलाई सास्ती हुने गरेको थियो।
जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुदा निजि सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरुलाई समस्या भोग्नु परेकाेमा अब सहज हुने डाक्टर जोशीले बताउनुभयो । जिल्लाका विभिन्न बस्तीहरुमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने र बोक्ने सवारीसाधनले भने चर्को मुल्य लिने गरेका कारण समस्या हुने गरेकोमा अब सहज हुने विश्वास गरेकी जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।
भवितव्य भएर मृत्यु भएकाहरुको शवलाई पोष्टमार्टम गर्न लैजानका लागि समेत जिल्ला बासीहरुले सास्ती भोग्दै आएकोमा अब उपरान्त सहज हुने अपेक्षा गरिएको छ ।