सर्वोच्चको फैसलाको स्वागत गर्दै बैतडीको पाटनमा दीप प्रज्वलन
बैतडी असार २९ ।सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बैतडीको पाटनमा दीप प्रज्वलन गरिएको छ । मगंलवार साझ नेपाल विद्यार्थी संघ बैतडीको आयोजनामा युथ कम्युनिष्ट लिग (वाईसियल) र नेपाल विद्यार्थी संघले प्रतिनिधि सभा बिघटनलाई बदर गर्दै संसद पुर्नस्थापनाको पक्षमा गरिएको फैसलाको उच्च सम्मान गर्दै दीप प्रज्वलन गरेको नेवि संघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको इतिहासिक फैसलाको उच्च सम्मान गर्दै संसद पुर्नस्थापना र संविधानको रक्षा भएको खुशियालीमा दीप प्रज्वलन गरिएकाे उहाँकाे भनाइ छ ।
पुर्व प्रधानमन्त्री केपी शर्मा वलीले चालेको असंवैधानिक कदमका कारण संविधान र लोकतन्त्र धरापमा परेको अवस्थामा संसद बिघटन बिरुद्ध परेका मुद्धामा सर्वाेच्चले देश र जनताको पक्षमा ऐतिहासिक फैसला गर्दै नेपाली काङग्रेसका सभापती शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने कार्यले पुर्व प्रधानमन्त्री वलीको निरंकुसता सकिएको समेत अध्यक्ष केसीको भनाई छ ।