बैतडीको डीलाशैनी गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम निर्माण 

डीआर भट्ट -बैतडी असार  २९ ।बैतडीको डीलाशैनी गाउँपालिकाले पनि स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । डीलाशैनी गाउँपालिकाले हाम्रो डीलाशैनि स्थानीय पाठ्यक्रम २०७८ तयार पारेको हो ।

स्थानीय  भाषा, जडिबुटी, स्थानीय लोक भाका, लोक बाजा,  धार्मिक क्षेत्र, स्थानीय खाद्यका परिकार, स्थानीय नदि नला, बालिनाली,  बनस्पती र स्थानीय प्रख्यात व्यक्तीत्वहरु समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको शिक्षा शाखा संयोजक महादेव भट्टले जानकारी दिनुभयो ।

१ देखि कक्षा ३ सम्मको स्थानीय पाठ्यक्र तयार पारेर असार १७ गते गाउँकार्यपालिकाले स्वीकृत गरेपछि सबै विद्यालयमा वितरण गरिएको उहाँले बताउनुभयो । पाठ्यक्र निर्माण गरेर सबै विद्यालयमा लागु भएको जनाउदै शिक्षा संयोजक भट्टले चालु शैक्षिक शत्रमै पाठ्यपूस्तक तयार पारेर वितरण गरिने बताउनुभयो ।

दश स्थानीय तह रहेको बैतडीका ४ स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारिसकेका छन् । डीलाशैनी गाउँपालिका पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन् । यहाँका स्थानीयतहले निर्माण गरेको  स्थानीय पाठ्यक्रममा स्थानीय भाषा, संस्कृति, वेषभूषा, खानपान, रहनसहन, चालचलन र धार्मिक क्षेत्र समेटिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.