बैतडीः परिवार नियोजनका साधनको प्रयोग बढ्दै, राष्ट्रिय लक्ष्य भेटाउन चुनौती पनी उस्तै

जनक साउद–असोज २/ शुक्रबार बैतडीमा पनी ७ औ राष्टिय परिवार योजना दिवस मनाईएको छ । “कोभिड १९ को अबस्था, गुणस्तरीय परिवार नियोजन सेवाको निरन्ता” भन्ने नाराका साथ बैतडीमा पनी अन्र्तक्रिया कार्यक्रम गरी दिवस मनाईएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दिवसको अबसरमा जिल्लाका स्थानिय तहका स्वास्थ्य संयोजकहरु, बिभिन्न गैर सरकारी संस्थाका प्रनिनिधिहरु र स्वास्थ्यकर्मी बिच अन्र्तक्रिया कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपर भाईजर तथा परिवार नियोजन सम्र्पक ब्यक्ति हरिश भट्टले जानकरी दिनुभएको छ । प्रत्येक बर्ष सेप्टेम्बर १८ तारिखका दिन यो दिवश मनाउने गरिन्छ । पछिल्लो समय बैतडीमा परिवार नियोजनका साधनहरु प्रयोग गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार प्रत्येक बर्षहरुमा परिवार नियोजनका साधनहरु प्रयोग गर्नेहरुको संख्यामा बृद्धि भईरहेको हो ।

जिल्लामा परिवार नियोजनका साधनहरुको उपलब्धता पनी बढीरहेको बताउदै परिवार नियोजन सम्र्पक ब्यक्ति भट्टले बैतडीमा साधनहरुको प्रयोग गर्नेको संख्या ४० प्रतिशत पुगेको बताउनुभयो । आर्थिक बर्ष ०७४÷०७५मा बैतडीमा परिवार नियोजनका साधन प्रयोग गर्नेको संख्या ३८ प्रतिशत रहेकोमा आर्थिक बर्ष ०७५÷०७६मा १ प्रतिशतले बृद्धि भएर ३९प्रतिशत र गत आर्थिक बर्ष ०७६÷०७७मा ४० प्रतिशत पुगेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो । २०३० सम्ममा परिवार नियोजनका साधनहरु प्रयोग गर्नेको संख्या ६० प्रतिशत पुगाउने सरकारको लक्ष्य रहेको छ । गत आर्थिक बर्षहरुको तुलना गर्दा सरकारी लक्ष्य भेटाउन बैतडीमा परिवार नियोजनका साधनहरुको प्रयोग सकरात्मक रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीले यो कार्यक्रम प्रभाबकारी बनाउन प्रत्येक बर्ष बृहत परिवार नियोजन घुम्ती शिबिर सञ्चालन गर्दै आएको छ ।

राष्टिय लक्ष्य भेटाउन चुनौती पनी उस्तै
बैतडीमा बिभिन्न प्राबिधिक कारणले केही चुनौतीहरु रहेका छन । परिवार नियोजनका अस्थायी साधनहरु कण्डम, पिल्स, डिपो, इन्प्लान्ट र आयुसिडी प्रत्येक स्वास्थ्य संस्थामा सहज रुपमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ । जिल्लामा अहिले कुल ९१ ओटा स्वास्थ्य संस्थाहरु रहेका छन जसमध्ये १८ ओटा स्वास्थ्य संस्थाहरुमा मात्रै यी ५ ओटै साधनहरु उपलब्ध रहेको परिवार नियोजन सम्र्पक ब्यक्ति हरिश भट्टले बताउनुभयो । जिल्लाका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्तिको अभाबले पनी यी साधनहरुको उपलब्धता गराउन असहज भएको छ । शिक्षाको अभाबले पनी यी साधनहरु प्रयोग गर्न हिच्किचाउने गरेका छन । परिवार नियोजनको उपलब्धता र प्रभाबकारीता बढाउन बिभिन्न गैर सरकारी संस्थाहरुले काम गरिरहेको भए पछि रुढीबादीग्रस्त परम्परागत सोचले पनी राष्टिय लक्ष्य भेटाउन सकस भईरहेको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.