दोगडाकेदार गाउँपालिकाले दियो टुहुरा बालबालिकालाई २० हजार पढाई खर्च
जनक साउँद-बैतडी-असार २८/ बैतडीको दोगडाकेदार गाउँपालिकाले आमा बुवा गुमाएका टुहुरा बालबालिकालाई २० हजार दिएको छ । गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्धारा पढाई खर्च बाफत गाउँपालिका गाउँपालिका भरिका २१ जना टुहुरा बालबालिकाहरुलाई २० हजारका दरले पढाई खर्च वितरण गरिएको हो । सोमबार गाउँपालिकामा एक औपचारिक कार्यक्रमका बिच टुहुरा बालबालिका र संरक्षकहरुलाई बोलाएर उक्त रकम बितरण गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख चित्रा अवस्थीले जानकारी दिनुभएको छ । टुहुरा बालबालिकाहरुलाई आश्रय दिईरहेका उनीहरुका आफन्तलाई उक्त रकमको सही सदुपयोगका लागी पनी आग्रह गरिउको उहाँको भनाई छ । गाउँपालिकाले टुहुरा बालबालिकाहरुलाई उक्त रकम हस्तान्तरण गरे पछि शैक्षिक समाग्री खरिदका लागी सहज हुने भएको छ ।