रिमको गोरङमा पहिराले एक घरमा पुर्ण क्षति, आधा दर्जन घर जोखिममा
जनक साउँद–बैतडी–असार २८/ बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रिम गोरङमा पहिराले एक घरमा पुर्ण रुपमा क्षति गरेको छ । लगातारको बर्षासंगै घर माथिबाट पहिरो खस्दा स्थानिय अम्मर बिष्टको घरमा पुर्ण रुपमा क्षति पु¥याएको हो । घर माथिको सुपले र बगौराधार भन्ने स्थानबाट खसको बिनाशकारी पहिरोले घरको पर्खाल भत्काएर क्षति गरेको स्थानिय लक्षी बिष्टले जानकारी दिनुभएको छ । सोमवार बिहान ४ बजेको समयमा खसेको पहिरोले घर भित्रमा सम्पुर्ण समानहरु समेत पुरिदिएको छ । दोघरी भएका बिष्ट अर्को घरमा भएकाले मानबिय क्षति भने भएको छैन ।
यस्तै सोही पहिरोका कारण आधा दर्जन घर उच्च जोखिममा परेका छन् । स्थानिय लक्षी बिष्ट, रन बहादुर बिष्ट, हिक्मत बिष्ट र मान बहादुर बिष्टको घर उच्च जोखिममा रहेका हुन् । आफ्नो घरको चारैतिरबाट पहिरो खसेकोले घर उच्च जोखिममा पर्दा गाईवस्तुहरु लगायत खाद्यन्न र लुगाकपडा समेत बाहिर निकाल्न नसकिएको र घरका सदस्यहरु बल्लतल्ल बाहिर निस्किएको स्थानिय लक्षी बिष्टले बताउनुभयो । अन्य जोखिममा परेका परिवारहरुको एक तिरबाट मात्र पहिरो खसेकोले घर भित्रका समाग्रीहरु बाहिर निकालिएको छ ।
पहिरोका कारण धान, मकै लगाएको खेत पनी बगरमा परिणत भएको छ । घटना स्थलमा गोकुलेश्वर प्रहरी चौकीको टोली आएको भए पनि आफुहरुले राहत पाउने गरी मुचुल्का बनाउन आनाकानी गरेको उनीहरुको आरोप छ । हिजो मात्रै सोही वडाको खोली भन्ने ठाउँमा खसेको पहिरोका कारण स्थानिय मदन जोशीको परिवार बिस्थापित भएको छ भने ७ घर जोखिममा परेका छन् । गाउँपालिकाको वडा नम्बर २ मा पनी आईतवार बिहान आएको बाढीले संयौ रोपनी जमिन बगाउँदा किसानहरु मार्कामा परेका छन् ।
यता दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले तत्काल रिम लगायत गाउँपालिकाका अन्य क्षेत्रमा पहिरो तथा बाढी पिडित नागरिकहरुलाई उचित राहतको ब्यबस्था गर्ने बताउनुभएको छ । निरन्तरको झरीसंगै बिनासकारी बाढी पहिरोको जोखिम बढ्दै गएकोले सुरक्षित तथा चनाखो भएर बस्न पनी उहाँले गाउँपालिकाबासीहरुमा आग्रह गर्नुभएको छ ।