बैतडीःचडेपानी गाउँ थप एक हप्ताका लागि सिल

बैतडी असार २८/ बैतडीको दोगडाकेदार गाउँपालिका ७ को चडेपानी गाउँ थप एक हप्ताका लागि सिल गरिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै एकै गाउँमा ३५ जना कोरोनाका सक्रिय संक्रमित रहेकाले आगामी साउन ३ गते सम्मका लागि चडेपानीलाई पुनः सिल गरिएकाे  जनाएको छ। यसअघि असार २० गतेदेखि असार २७ गते सम्मका लागि सो गाउँलाई सिल गरिएको थियो। गाउँमा संक्रमितको संख्या नघटेकाले आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयाे ।गएको असार २० गतेदेखि गाउँमा आवतजावत बन्द गरिएको छ ।

May be an image of text that says "दोगडाकेदार गाउँपालिका फोन गाउकार्यपालिकाको कार्यालय ९5५६७६२२०० आ.व च.नं. ০৩ಧ सूचना मिति: २०७६/ सूचना २5 सूचना प्रस्तुत विषय सम्वन्धमा पालिका स्तरिय विपद व्यवस्थापन समितिको मिति २०७ ०३ २७ गतेको वैठकको निर्णय अनुसार दोगड केदार गाउपालिका वडा ০७ चडेपानीमा एकै टोलमा आजको मिति सम्म ३५ जना सकिय संकमीत भएको कारण कोरोना भाईरस संकमण रोकथाम तथा नियत्त्रणका क्षेत्रलाई मिति २०७६ गते देखि २०७६/०४/० गते सम्म २०७६ दिन) अत्यावश्यक वाहेक आवतजावतमा रोक लगाइएको व्यहोरा सम्वत्धीत सवैको जानकारीका लागी सूचना जारी गरिएको (प्रयासराज पन्त) नि.प्रमुख प्रशासकिय अधिकृत लि. प्रमुख P अधिकृत E-mail.info@dogdakedarmun.gov.np website: ww.dogdakedarmun.gov.np"

सम्बन्धित

Leave A Reply

Your email address will not be published.