बालमैत्री पालिका बनाउन माग राख्दै सुर्नयालाई ध्यानाकर्षण पत्र

बैतडी असार २८ ।बैतडीको सुर्नयालाई बालमैत्री पालिका बनाउन माग गरिएको छ । सुर्नया बालसञ्जालले पालिकालाई ध्यानाकर्षण पत्र बुझाउदै गाउँपालिकालाई बालमैत्री पालिका बनाउन माग गरिएकाे हाे  ।

सुर्नया बाल सञ्जाल बैतडीले आइतबार सुर्नया गाउँपालिकालाई बालमैत्री पालिका बनाउन माग राख्दै चार बुदे ध्यानाकर्षण पत्र बुझाएको बाल सञ्जालका उपाध्यक्ष एवँ बाल अधीकारकर्मी विषाल भट्टले जानकारी दिुनभयो ।

बाल बिवाह ,श्रम शोषण  र बाल दुर्व्यवहारलाई नियन्त्रण गर्नेु पर्ने, बालबालिका मार्फत हुने लागु पदार्थ ओसार पोसार तथा बेचविखनमा प्रतिबन्द लगाउनु पर्ने, बालबालिकाहरुलाई विकास निर्मााण, सवारीसाधन , होटेलहरुमा श्रम गर्न बाट बञ्चित गर्नेु पर्ने सुर्नया बाल सञ्जाल बैतडीले पालिकालाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

 ज्ञापनपत्र

सम्बन्धित

Leave A Reply

Your email address will not be published.