सुर्नया गाउँपालिकाका ४ सहित बैतडीमा थप ५ जनामा कोरोना पुष्टि

बैतडी असार २७ । सुर्नया गाउँपालिकाका ४ सहित बैतडीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ । आइतबार गरिएको परीक्षणमा सुर्नया गाउँपालिकाका ४ जनार बझाङ जिल्लाका १ गरि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै ५ जना संक्रमण मुक्त भएका छन् ।

आइतबार डीलाशैनी गाउँपालिकाका २ जना, सिगास गाउँपालिकाका १ जना, दशरथचन्द नगरपालिकाका १ जना र दोगडाकेदार गाउँपालिकाका १ जना गरि ५ जना कोरोना जितेर निको भएका हुन् । जिल्लामा अहिले कोरोनाका सक्रिय संक्रमितको सङख्या १ सय २० जना छन् ।

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा ३९जना रहेका छन् । यस्तै पाटन नगरपालिकामा १६, दशरथचन्द नगरपालिकामा १३, सुर्नया गाउँपालिकामा १, ६डीलाशैनी गाउँपालिकामा ९, मेलौली नगरपालिकामा ७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा ३÷३ जना, सिगास गाउँपालिकामा १ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना रहेका छन् । बैतडीमा बाहिर जिल्लाका १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.