बैतडीको पाटनमा स्थानीय पाठ्यक्रम तयार, नगरकार्यपालिकाद्वारा स्वीकृत
बैतडी-असार २७/ बैतडीको पाटन नगरपालिकामा पनि स्थानीय पाठ्यक्रम तयार पारिएको छ । पाटन नगरपालिकाले पनि स्थानीय पाठ्यक तयार गरेर स्वीकृत भइसकेको नगरपानलिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जनाकारी दिनुभयो ।
स्थानीय संस्कृती, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकिय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएका पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्ख राज भट्टले बताउनुभयो ।
आधारभूत तह १ देखि ३ कक्षा सम्मको पाठ्यक्रम निर्माण भएर नगरकार्यापालिकाबाट स्वीकृत समेत भइसकेको उहाँले बताउनुभयाे । स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागु हुने शिक्षा शाखा प्रमुख भट्टको भनाई छ । बैतडीका तीन स्थानीयतहले स्थानीय पाठ्यक्रम निर्मााण गरिसकेका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका , मेलौली नगरपालिका र पाटन नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरि सकेका हुन् । बाँकी स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रकृयामा रहेको जनाएका छन् ।