बैतडीमा थप दुइ जनामा कोरोना पुष्टि, जिल्लामा सक्रिय संक्रमित १ सय २० जना
बैतडी असार २६ ।बैतडीमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा पाटन नगरपालिकाका १ जना र मुगु जिल्लाका एक जना गरि थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या १ सय २० पुगेको छ । सक्रिय संक्रमित मध्ये सबै भन्दा बढी दोगडाकेदार गाउँपालिकामा ४० जना रहेका छन् ।
यस्तै पाटन नगरपालिकामा १६, दशरथचन्द नगरपालिकामा १४, सुर्नया गाउँपालिकामा १२, डीलाशैनी गाउँपालिकामा ११, मेलौली नगरपालिकामा ७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै शिवनाथ गाउँपालिका र पुर्चौडी नगरपालिकामा ३÷३ जना, सिगास गाउँपालिकामा २ जना र पञ्चेश्वर गाउँपालिकामा १ जना रहेका छन् । बैतडीमा बाहिर जिल्लाका ११ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।