बैतडीको पुर्चौडी नगरपालिकामा विपन्नलाई सोलार वितरण

बैतडी असार २६ ।बैतडीको पुर्चौडी नगरपालिकाले विपन्न घर परिवारलाई सोलार वितरण गरेको छ । संघिय वैकल्पिक ऊर्जा प्रवर्द्धन कार्यक्रम अन्तरगत  पुर्चौडी नगरपालिकाको साझेदारीमा वाड नं ३ न्वादेउ र ९ नम्बर तल्लादेहीका दलित समुदायका विपन्न नागरिकहरुलाई सोलार सेट वितरण गरिएको नगरपालिकाकी उपप्रमुख जानकी ऐर बमले जानकारी दिनुभयो ।

दुवै वडाका ४८ घरधुरीलाई सोलार वितरण गरिने उहाँको भनाई छ । वडा नं ३ का २५ परिवार र वडा नं ९ तल्लादेहीका २३ परिवारलाई सोलार वितरण भइरहेको हो । शनिबार वडा नं ३ न्वादेउका २५ विपन्न परिवारलाई सोलार वितरण गरिएको छ ।

विद्युत विस्तार गर्न नसकिएको अवस्थामा अध्यारोमा बस्न वाध्य भएका विपन्न परिवार पहिचान गरी प्रत्येकलाई२३ वाट क्षमताका  साेलार वितरण गरिएको नगर प्रमुख रणबहादुर कुवरले बताउनुभयो ।

५४ थान सोलार खरिद गरिएकोमा न्वादेउ र तल्लादेहीका ४८ विपन्न परिवारलाई र बाँकी स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने नगरपालिकाले जनाएको छ । विजुलि अभावमा अन्धरकारमा बस्न बाध्य विपन्न परिवार सोलार पाउदा खुसी भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.