वेतनका लागि बैतडीका मजदुरहरुको ७ दिन देखि सडकमै अनसन, सुदूरपश्चिम सरकारले  सुनेन्

बैतडी-असार २५/ बैतडीको पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने १२ जना मजदुरहरुले अनसन थालेको ७ दिन बितेको छ । २१ महिनाको तलब नपाएर रुदै कराउदै मजदुरहरुले काम गर्ने सडकमै रिले अनसन थालेको शुक्रबार७ दिन बितेको हो । रिले अनसन सुरु गरेको एक साता बित्नै लाग्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले मजदुरहरुको पीडाले भरिएको आवाज, चीत्कार सुनेको छैन् । पाटन पञ्चेश्वर सडक खण्ड सुदूरपश्चिम प्रदेश सरकार मातहत भएकाले प्रदेश सरकारले नै उनिहरुको समस्या सम्बोधन गर्नेु पर्ने हरेक नागरिकहरुको भनाई छ । तर सुदूरपश्चिम सरकारले मजदुरहरुको पीडा नसुनि दिदा उनि झनै समस्यामा छन् ।

      बैतडीबाट केन्द्र सम्म प्रतिनिधित्व गर्ने जन निर्वाचित साँसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराँउदा समेत सुदूरपश्चिम प्रदेश सरकारले  मजदुरहरुको पारिश्रमिकबारे चित्त बुझ्दो जवाफ दिन सकेको छैन् । शोसित पीडीत, मजदुर र सर्बहरा वर्गका लागि हामि छौँ भनेर छाती ठोक्ने सरकारमा भएका बहालवाला मन्त्रीहरुले कुनै शब्द बोलेका छैनन् । लामो समय सम्म काम गरेको वेतन नपाँउदा अनेकन समस्यामा पिल्सीएका मजदुरहरु माग सम्बोधन नहुँदासम्म अनसन नतोड्ने अडानमा छन् ।मजदुरहरुको पीडा राम्रो संग बुझेको  प्रदेश सरकार भने  मुखदर्शक बनेर बसेको छ ।पूर्वाधार विकास कार्यालय बैतडीले कार्यालयले मजदुरहरुलाई काम गर्न नलगाएको भन्ने गरेको छ । लेन्थवर्करहरु भने मन्त्रालय र मन्त्रीबाट काम गर्नका लागि मौखिक निर्देशन आएकाले आफूहरुले काम गर्दै गएका बताएका छन् । सबै पक्षबाट अहिले पनि पारिश्रमिक मिल्छ भन्ने आश्वासन मिल्दै छ ।

     बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्यद्वय लिलाधर भट्ट र प्रेम प्रकाश भट्ट आदित्यले मजदुरहरुको तलब निकासाका लागि मन्त्रीहरुसंग माग गरेका छन् । बैतडीबाट निर्वाचित सांसदहरु संदनमा गर्जि रहेका छन् ।  सम्बन्धीत मन्त्रालय  दौड धुप गरि रहेका छन् । तर मजदुरका  माग प्रति सरकार मौन छ । भेटेर  कुराकानी  गर्दा  हुन्छ सम्बोधन गर्छौैै भन्ने  मन्त्रीहरु त्यसपछि सो लेन्थवर्करहरुको वेतनका बारेमा गम्भीर भएर नलागेको देखिन्छ ।

     मजदुुुरहरु अब आश्वासन चाहिदैन,तलब चाहियो भनेर सडकमा अनसन  बसेका छन् । सडकमा बसेका मजदुहरुको आन्दोलनमा विभिन्न विद्यार्थी संगठनहरुले पनि एक्यवद्ध्ता जनाएका छन् । लेन्थवर्करहरुले  तलब पाउनु पर्छ भन्दै  हरेक एक नागरिकहरुका आवाज बुलन्दीत हुँदै छन् । तर प्रदेश सरकारले मजदुरहरुको पारिश्रमिकका लागि कुनै ठोस निणर्य गर्न  सकिरहेको  छैन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.