कोरोना संक्रमण फेरी बढ्यो बैतडीमा , बिहीबार ३० जना संक्रमित थपिए

बैतडी असार २४ ।बैतडीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । बिहीबार मात्रै जिल्लामा ३० जना कोरोनाका बिरामी थपिएका छन् । बुधबार ६ जनामा कोरोना देखिएकोमा बिहीबार ३० जना थपिएका हुन् । केही दिन पहिले संक्रमणदर शून्यमा झरेको बैतडीमा फेरी संक्रमणदर बढेको हो ।

बिहीबार गरिएको परीक्षणमा जिल्लामा ३० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार पछिल्लो २४ घण्टामा भएको कोरोना परीक्षणमा दोगडाकेदार गाउँपालिकाका १७ जना, दशरथचन्द नगरपालिका र पुर्चौडी नगरपालिका २÷२ जना, सिगास गाउँपालिका, मेलौली नगरपालिका, पाटन नगरपालिकाका १÷१ जना, , बझाँङ जिल्लाका ५ जना, र मुगुका जिल्लाका १ जना गरि थप ३० जनामा कोरोना पुष्टि भएको हो ।

बिहीबार ३० जना संक्रमित थपिए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या १ सय २२ पुगेको छ । हेलचेक्र्याइँ गरे फेरी संक्रमण बिकराल बन्ने भन्दै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्न आग्रह गरेका छन् ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.