रोटरी क्लब धनगढीद्वारा बैतडीलाई ८ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग

बैतडी असार २४ ।रोटरी क्लब अफ धनगढीले बैतडीलाई ८ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जिल्ला अस्पताल , स्थानीय तहमा रहेका विभिन्न स्वास्थ्य चौकी गरि बैतडीमा ८ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको रोटरी क्लब अफ धनगढीका संस्थापक अध्यक्ष प्रकाश चन्द्र भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला अस्पतालाइ दुई थान, पाटन नगरपालिका , मैलौली नगरपालिका , दोगडाकेदार गाउँपालिका र , पुर्चौडी नगपालिकालाई १÷१ थना र सुर्नया गाउँपालिकाको बाशुलिङ्ग स्वास्थ्य चौकीलाइ २ थान गरि जिल्लामा १० लिटर प्रतिमिनेट क्षमता भएका ८ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।

यस्तै बैतडीमा ८ सय थान एन ९५ मास्क समेत सहयोग गरिएको रोटरी क्लब धनगढीका संस्थापक अध्यक्ष भट्टले बताउनुभयो । कोरोनाका बिरामीको उपचारमा सहज होश भनेर रोटरी कल्ब धनगढीले १ सय थान कन्सन्ट्रेटर खरिद गरेको जनाउँदै उहाँले सुदूरपश्चिमका सबै जिल्ला र बाँके र बर्दियामा समेत दुई ÷दुई थान सहयोग गरिएको बताउनुभयो ।

रोटरी क्लब रोटरी कब धनगडी दिएको अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितको उपचारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । अक्सिजन कन्सन्ट्रेटर हाम्रै वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउने एक उपकरण हो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.