लेन्थवर्करहरूको ज्याला माग गर्दै सांसद भट्टद्वारा मुख्य मन्त्री भट्टलाई ज्ञापन पत्र

बैतडी असार २४ ।सुदूरपश्चिम प्रदेशसभा सदस्य लीलाधर भट्टले अनसनरत मजदुरलाई ज्याला दिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । पाटन पञ्चेश्वर सडक खण्डमा अनसन बसेका लेन्थवर्करहरुको २१ महिनाको ज्याला छिटो भन्दा छिटो निकासाको माग गर्दै बैतडीको क्षेत्र नं ख बाट निर्वाचित प्रदेस सांसद भट्टले बुधबार मुख्यमन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई ज्ञापन पत्र बुझाएका हुन् । उहाँले लेन्थवर्करको २०७६ सालको असोजदेखिको ज्याला दिन जोडदार माग गरेका छन् । लामो समय देखि काम गरिरहेका सकड मजदुरहरुको पारिश्रमिकको व्यवस्था गर्न हाल सम्म पनि सरकारको ध्यान नपुगेकाले अबिलम्ब लेन्थवर्करहरुको समस्या समाधानका लागि जोड दार माग गर्दछुः सांसद भट्टले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । २१ महिना सम्मको तलब माग गर्दै मजदुरहरु विगत ६ दिन देखि पाटन पञ्चेश्वर सडक खण्डमा अनसनरत रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.