अनसनरत लेन्थवर्करको पारिश्रमिकको माग गर्दै वाईसियल बैतडीको विज्ञप्ती
बैतडी–असार २३/ बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा काम गर्ने अनसनरत लेन्थवर्करको तत्काल पारिश्रमिक दिन माग गर्दै योङ कम्युनिष्ट लिग (वाईसियल) बैतडीले बिज्ञप्ती जारी गरेको छ । बिगत २१ म्हिनादेखि काम गरेको पारिश्रमिक नपाए पछि बिगत ६ दिनदेखि रिले अनसनमा बसेका मजदुरहरुको अनसनमा ऐक्यबद्धता जनाउदै वाईसियल बैतडीले बुधबार विज्ञप्ती जारी गरेको हो । पाटन–पञ्चेश्वर सडक छेउमा अनसन बसेका लेन्थवर्कर मजदुर बिगत ६ दिन देखि भोक प्यासले गर्दा २ जना मजदुर बिरामी परी बेहोस अवस्थामा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारारत रहेका भन्दै तत्काल उनीहरुको पारिश्रमिक उपलब्ध गराउन विज्ञप्ती मार्फत जोडदार माग गरिएको छ । “मजदुरको पारिश्रमिकका बिषयमा गैर जिम्मेवारी अभिब्यक्ति दिने बैतडी जिल्ला पुर्वाधार बिकास कार्यालयका प्रमुख जगत जोशी प्रति खेद प्रकट गर्दै मानवियता नगुमाउन आग्रह गर्दछौ ।” वाईसियल बैतडीका ईन्चार्ज कमल बोहरा(अपि) द्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । २१ महिनासम्म प्रदेशका सडक मजदुरहरुले पारिश्रमिक नपाएको बिषय प्रदेश सदनमा उठे पनि मुख्यमन्त्री तथा विभागिय मन्त्री मौन रहेको बिषयमा प्रति पनी विज्ञप्ती मार्फत निन्दा गरिएको छ ।