बुधबार बैतडीका थप ६ जनामा कोरोना पुष्टि!

बैतडी असार २३ ।बैतडीका थप ६ जनामा कोरोना पुष्टि भएको छ । बुधबार जिल्लाको पाटन नगरपालिका ३ जना र दशरथचन्द नगरपालिकाका ३ जना गरि थप ६ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भएको परीक्षणमा थप ६ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

यस्तै २ जना संक्रमण मुक्त भएका छन् । बुधबार शिवनाथ गाउँपालिकाका २ जना कोरोना जितेर निको भएका हुन् । बुधबार  थप ६ जना कोरोना संक्रमित थपिए संगै जिल्लामा कोरोनाका सक्रिय संक्रमितको सङख्या ९२ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा २३ जना, पाटन नगरपालिकामा २१ जना, दशरथचन्द नगरपालिकामा १२ जना,डीलाशैनी गाउँपालिकामा ११ जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ६ जना, शिवनाथ गाउँपालिकामा३ जना, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा अन्य जिल्लाका ४ जना कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.