बैतडीमा जंगली बँदेलले मकै बाली सखाप पार्दै

बैतडी असार २३ /  बैतडीमा जंगली बँदेलले मकै बाली सखाप पार्न थालेको छ । जिल्लाको मेलौली २ कपर्तामा बँदेलले मकै बाली सखाप पारेको हो । यसरी राति बँदेलको बथान आएर किसानहरुले लगाएको मकै वाली नष्ट पार्न थालेपछि कर्पताका किसानहरु चिन्तित बनेका स्थानिय एल बी चन्दले जानकारी दिनुभयो ।

बस्ती नजिकका जंगल जिरमडा , सहरेखाली , पत्थरकुडा बाट आएर जंगली बँदेलले मकै नष्ट गर्ने गरेको उहाँले बताउनुभयो । । सोही गाउँका महेन्द्र चन्द, खगेन्द्र चन्द , गजी सिंह खत्री र लाल बहादुर चन्दको मकै वाली सखाप पारेको उहाँले बताउनुभयो । गाउँ नजिकैको जंगलबाट राति बँदेल आउन थालेपछि कपर्ताका नागरिक पहरा बस्ने गरेका भए पनि आधा रातमा आएर मकै बाली सखाप पार्न थालेको चन्दले बताउनुभयो ।यसरी किसानले मेहेनत गरेर लगाएको वाली हरु बर्षेनी जंगली जनावरहरुले सखाप पार्न थालेपछि किसानहरु चिन्तित बनेका छन ।

बढ्दो वन विनाशका कारण जंगलमा आहारा नपाउदा जंगली जनावरहरु बस्ती मा छिर्ने गरेका छन । जिल्लाका विभिन्न ठाउँमा जंगली जनावरहरुले वर्षेनी बालीनालीमा क्षति पुर्याउने गरेकाले नागरिकहरुको कृषि पेशामा आर्कषण घट्दै गएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.