युवाहरुले सुर्नयामा सञ्चालन गरेको आकस्मिक एम्बुलेन्सबाट ८३जनाले सेवा पाए
बैतडी असार २२ ।कोरोना महामारीमा बैतडीको सुर्नयामा सञ्चालन गरिएको आकस्मिक एम्बुलेन्स बाट ८३ जनाले सेवा पाएका छन् ।पत्ताल भुवनेश्वर युवा जागरण मञ्च र नेचुरल अर्गनाइजेसन बैतडीको संयुक्त सहयोगमा सञ्चालन गरिएको एम्बुलेन्सबाट ८३ जनाले सेवा पाएका पत्ताल भुवनेश्वर युवा जागरण मञ्च प्रवासका उपाध्यक्ष बिनोद बहादुर विष्टले जानकारी दिनुभयो ।
आकस्मिक एम्बुलेन्सबाट कोभिड १९ संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाले यतायातका साधन बन्द भएको समयमा अस्पताल सम्म जान समस्या भएका नागरिकहरुले सेवा पाएका हुन् । पहिलो र दोस्रो चरणको महामारी फैलिदा समेत सुर्नया गाउँपालिकाले एम्बुलेन्स खरिद गर्न नसक्दा आम गाउँपालिका बासीहरुमा पर्न जाने अप्ठेरो अवस्थालाई दृष्टिगत गरेर युवाहरुले एम्बुलेन्स सेवा सञ्चालन गरेका थिए ।
अप्ठेरो अवस्थामा नागरिकहरुको समस्यालाई दृष्टिगत गरेर सञ्चालन गरेको एम्बुलेन्स सेवाले धेरैलाई राहत पुगेको पत्ताल भुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष विष्टको भनाई छ । युवाहरुले गत जेठ १९ गते देखि असार १९ सम्म सुर्नयामा एम्बुलेन्स सेवा सञ्चालन गरेका थिए । सुर्नया गाउँपालिकामा एम्बुलेन्स नभएको अवस्थामा युवारुले आँटेर गरेको कामले महामारीमा धेरै नागरिकरुलाई अस्पताल जान सहज भएको स्थानीय नरेश विष्टले बताउनुभयो । युवाहरुले आँटेको काममा पालिकाले कुनै सहयोग गरेको छैन् ।
सुर्नया गाउँपालिका वडा नं ३ का अध्यक्ष दिला राम भट्टले माहामारीमा युवाहरुले गरेको कामको प्रसंशा गरेर नगद ८ हजार सहयोग गरेको बताइएको छ । उहाँले आफुहरुले सहयोगको प्रस्ताव नराखेरै इन्धनका लागि भनेर नगत ८ हजार सहयोग गरेको युवाहरुको भनाई छ ।
गाउँपालिकामा एम्बुलेन्स नभएका बेला युवाहरुले गरेको काममा आफुले सक्दो सहयोग गरेको वडा अध्यक्ष भट्टले बताउनुभयो । उनले महामारीमा गाउँपालिका बासीहरुका समस्यालाई बुझेर एम्बुलेन्स सञ्चालन गर्ने युवाहरुलाई धन्यवाद समेत दिएका छन् ।