सडकमा काम गर्ने लेन्थवर्करहरुको आर्तनाद, अनसनमा बसेर बेहोस हुँदा पनि बोलेन सरकार
बैतडी असार २२ ।बैतडीको पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने लेन्थवर्करहरु पारिश्रमिक पाउनु पर्ने भन्दै अनसनमा बसेका छन् । लेन्थवर्करहरु यहि १८ गते बाट अनसनमा बसेका छन् । २१ महिनाको तलब पाउनु पर्ने भन्दै उनिहरु अनसनमा बसेका हुन् ।
लेन्थवर्करहरुको आर्तनादमा कुनै पक्षबाट सम्बोधन हुँदैन । सबै पक्ष संग हारगुहार गरेर थाकेका लेन्थवर्करहरु अहिले सडकमै प्राण त्याग्छौँ भनेर अनसन बसेका छन्। मजदुरहरु अनसन बसेर बेहोस हुने अवस्थामा पुग्दा समेत सरकार केही बोलेको छैन् । पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने लेन्थवर्करहरु मध्ये एक जनाको स्वास्थ्यमा समस्या समेत आएको छ । लक्ष्मी पन्तको अहिले स्वास्थ्यमा समस्या आएको हो ।
पारिश्रमिक पाउनु पर्ने माग राख्दै अनसन बसेकी लक्ष्मी बेहोस भएर अस्पताल भर्ना भएकी छिन् । उनिहरुको पारिश्रामिकको बारेमा मुख समेत नखोल्नु निर्लज्जता भएको कतिपयको भनाई छ ।
भोक प्यास नभनि सडक खण्डमा काम गरेका मजदुरहरुको पीडामा मलम लगाउनुको साटो सरकार निरीह बनेको भन्दै आम नागरिकहरु आक्रोसित बनेका छन् ।
पटक पटक आश्वासन बाँड्ने गरेका व्यवस्थाका हिमायतहरुले अहिले सम्म लेन्थवर्करहरुको पारिश्रामिक उपलब्ध गराउन सकेको छैन् । अनसन बसेर बेहोस भइरहेका लेन्थवर्करहरु यतिखेर हामी समस्या पर्याे पारिश्रामिक चाहियो भनेर सरकारलाई गुहारि रहेका छन् तर सरकार सुन्दैन। गएको १० बर्षदेखि पाटन पञ्चेश्वर सडकमा काम गर्दै आएका १२ जना लेन्थवर्करहरुले २०७६ साल असोजदेखि तलब पाएका छैनन् ।
पाटन पञ्चेश्वर सडक प्रदेश सरकार मातहत गएपछि उनीहरुले तलब नपाएका हुन् । प्रदेश सरकारका तत्कालिन भौतिक पूर्वाधार मन्त्री पठान सिहँ बोहराले पाटनमै आएर लेन्थवर्करहरुलाई काम गर्दै जानुहोस समस्या समाधान हुन्छ भनेका थिए तर अहिले सम्म भएन ।अहिलेसम्म पारिश्रमिक पाउँने आशामा छिमेकीहरुसंग ऋण काँडेर गुजारा चलाएका मजदुरहरु अहिले जीवन र मरणको दोसादमा पुगेका छन् ।
अहिले छिमेकीहरुले ऋण तिर्न बेला बेलामा दबाब दिने गरेको उनीहरु आशु टिलपिलाउँदै सुनाउछन् । अब आफुहरु अन्तिममा पुगी सकेको भन्दै संर्घषका थप कार्यक्रमसंगै मर्र्न तयार रहेको बताउछन् ।
लेन्थवर्करहरु अनसन बसेर बेहोस भइ अस्पताल भर्ना हुँदा सम्म सुदूरपश्चिम सरकार एक शब्द बोलेको छैन् । सांसदहरुले मजदुरको पीडा सम्बोधन गरियोस भन्दा पनि प्रदेश सरकारले टेरेन । अहिले अनसनमा बसेर बेहोस हुदा पनि सरकार नबोलेकाे अनसनरत मजदुरहरुको भनाई छ । आफहुरुका माग सम्बोधन नहुँदा सम्म अनसन जारी रहने मजदुहरुले बताएका छन् ।