मानव अधिकार रक्षक सञ्जाल बैतडीद्वारा प्रशासनलाइ ध्यानाकर्षण पत्र

बैतडी असार २१ ।मानव अधिकार रक्षक सञ्जाल बैतडीले जिल्ला प्रशासन कार्यालय बैतडीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।कोरोना महामारी विरुद्ध गम्भीर बन्नु पर्ने भन्दै   मानव अधिकार रक्षक सञ्जाल बैतडीले सोमबार प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । विभिन्न ६ बुंदे माग राख्दै मानव अधिकार रक्षक सञ्जाल बैतडीले सोमबार प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार रक्षक सञ्जाल बैतडीका संयोजक मोहन चन्दले जानकारी दिनुभयो ।

कोभिड विरुद्धको खोप सम्पूर्ण जनताले पाउनु पर्ने ,कोरोनाको परीक्षणको दायरा बढाउनु पर्ने, स्थानीयतहले निर्माण गरेका आइसोलेसन सेन्टर तथा कोभिड अस्थायी अस्पतालमा पर्याप्त औषधी , दक्ष स्वास्थ्यकर्मीको व्यववस्था गरि सञ्चालन गरिनुपर्ने , कालोबजारी नियन्त्रणका लागि अनुगमन गरिनु पर्ने, बैकल्पिक विधिबाट विद्यार्थीहरुको पठन पाठनलाई अगाडि बढाउनु पर्ने र यतायातका सवारी साधान सञ्चालनपछि मनपरी भाढा असुलेको र स्वास्थ्यका मापदण्ड समेत पालना नगरेको गुनासो बढेकाले त्यस तर्फ सम्बन्धीत निकायको ध्यानकेन्द्रित गर्न ध्यानाकर्षण पत्र बुझाइएको मानव अधिकार रक्षक सञ्जाल बैतडीका संयोजक  चन्दले  बताउनुभयाे ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.