बैतडीमा लोप हुँदै कोदो खेती

लक्ष्मण विसी  बैतडी असार २१ । जिल्लामा पछिल्लो समय कोदो खेती लोप हुँदै गएको छ ।कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति कृषकको आकर्षण घट्दै जाँदा कोदो खेती लोप हुँदै गएको हो ।प्रशस्त मात्रामा कोदो फल्ने जमीनमा अहिले अन्य खाद्यान्न बालीले ढाकिएका छन् ।

कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइन्छ । मादुरो, कोदो र जौ लगायतका अन्नबाट बन्ने अधकिांश परकिारहरू घिउ, मोही र दुग्धजन्य पदार्थको मिश्रणबाट बन्ने भएकाले पनि भैंसीपालन घटेसँगै यो खेती पनि लोप भएको जानकारको भनाइ छ। केही बर्षअघिसम्म बैतडीको ग्रामीण क्षेत्र विशेषगरी पाटन, शिवनाथ,पञ्चेश्वर,मेलौली,सिगास लगायतका ठाउँमा अधिकांश कृषकले कोदो खेती गर्दथें । तर अहिले यसको खेती पूरै विस्थापित हुने अवस्थामा पुगेको कृषकहरू बताउँछन् ।

कोदोको उत्पादन राम्रो भएपनि कृषकले हिजोआज खेती गर्न छाडेपछि विस्तारै गाउँघरमा कोदो खेती कम हुँदै गएको छ । कृषकले कोदो खेती गर्न छाडेपछि अहिले केही स्थानमा बीउसम्म पाउन मुस्किल हुन थालेको कृषक बताउँछन् । केहीले फाट्टफुट्ट कोदो खेती गरेपनि घरायसी प्रायोजनका लागि मात्र गरेको पाइन्छ ।पहिले जस्तो बिक्रीका लागि भनेर कोदो खेती गर्न कृषकले छाड्दै गएका हुन् ।

अन्य बालीभन्दा स्वास्थ्यका लागि लाभदायक भए पनि अहिले बैतडीको सीमित गाउँमा मात्र यसको खेती गरिन्छ । रोटी र ढिँडोका लागि मात्र उत्तम ठानिने भए पनि अहिले स्वस्थ रहनका लागि भन्दै शहरी क्षेत्रका मानिसले यसका परिकार खाने गर्दछन् । तर कोदो खेती गर्ने किसानको सङ्ख्या दिनहुँ घट्दै गएको कृषकको भनाइ छ ।बालबालकिा, गर्भवती, सुत्केरी महलिाका लागी नकिै फाइदाजनक रहेका बालीनै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषकतत्व पाइने खाद्यान्नको कमी आउन थालेको पाटन नगरपालिका १ का खेम राज लुहारको भनाइ छ ।समयसँगै कृषिगर्ने तरिका परिवर्तन भयो । खेती गरिने बालीनाली पनि परविर्तन हुँदै गएका छन् ।

कोदो, मादुरो, जौ खेतीबाट धान र मकै बालीबाट जस्तो आर्थिक लाभ नहुनाले पनि यी बाली लोप हुँदै गएको किसानहरूले बताएका छन् “पहिले मुख्य खाना नै कोदाको रोटी, ढिँडो हुन्थ्यो तर अहिले मुख्य खाना भातरोटी भएकाले कोदो खेती विस्थापित भएको छ”, मेलौली नगरपालिका–१ कृषक गगां सिंह नायकले भने, “अहिले कोदोको रोटी, ढिँडोभन्दा भात नै खाने चलन बढ्दै जाँदा यसको खेती विस्थापित हुन पुगेको छ ।मेलौली ६ का कृषक चिन्तामणी भटटले गाउँघरमा हेपिएको खाद्यान्न अहिले शहर बजारतिर खोजी खोजी खान थालिएको बताउछन् ।

“पहिला पहिला खेतमा लटरम्म फल्ने कोदो अहिले औषधिका लागि समेत भेट्टाउन मुस्किल भएको छ”, उनले भने, “अहिले शहरी क्षेत्रमा यसको अत्याधिक माग भए पनि उत्पादन घट्दै गएको छ ।”औषधिका रूपमा समेत प्रयोग हुने कोदोलाई पोषिलो अन्न मानिन्छ । पहिला वर्षे खेतीका रूपमा लगाइने कोदो अहिले देख्नै मुस्किल पर्न थालेको छ ।स्वास्थ्यका लागि लाभदायक अन्न फलाउन छाडेर बजारमा पाइने प्याकेटका तयारी खाना खान थालेपछि एकातिर स्थानीय अन्न लोप हुँदै छन् भने अर्कोतिर मानिसमा अनेक किसिमका रोगको सङ्क्रमण बढ्न थालेको जेटिए सुरेन्द्र नेगीले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.