सोमबार बैतडीका १६ जनामा कोरोना पुष्टि, ४ जनाले कोरोना जिते

बैतडी असार २१ ।बैतडीका थप १६ जनामा कोरोना पुष्टि भएको छ । सोमबार कोरोना पुष्टि हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिकाका १४ जना, सुर्नया गाउँपालिका र मेलौली नगरपालिकाका १ ÷१ जना रहेका छन् ।

यस्तै ४ जना संक्रमण मुक्त भएका छन् । दोगडाकेदार गाउँपालिकाका २ जना, दशरथचन्द नगरपालिका र सिगास गाउँपालिकाका १ ÷१ जना सोमबार कोरोना जितेर संक्रमण मुक्त भएका हुन् । सोमबार १६ जनामा संक्रमण पुष्टि भएसंगै बैतडीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या ८९ पुगेको छ ।

सक्रिय संक्रमित मध्ये पाटन नगरपालिकामा १८ जना, दशरथचन्द नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा २३ जना, डिलाशैनी गाउँपालिकामा ९ जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् । यस्तै मेलौली नगरपालिकामा ६ जना, शिवनाथ गाउँपालिकामा ५ जना, सिगास गाउँपालिका, पुर्चौंडी नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य जिल्लाका ५ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.