बैतडीः स्वास्थ्यको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न
बैतडी–असोज १ / स्वास्थ्य कार्यालय बैतडीको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मा भएका बिभिन्न कार्यक्रमहरु र कार्यसम्पादन लगायतका बिभिन्न बिषयहरुको समिक्षा गरिएको हो । सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अबस्थीको अध्यक्षता तथा सामाजिक बिकास मन्त्री कृष्ण राज सुबेदीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य प्रेम प्रकाश भट्टको बिशिष्ट आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भट्टले पछिल्लो समय स्वास्थ्य सेवाको अबस्था खस्किदै गएको तर्क गर्नुभयो ।स्थानिय सरकारले स्वास्थ्यमा लाखौ बजेट बिनियोज गरेपनि स्वास्थ्य सेवा प्रभाबकारी हुन नसकेको बताउनुभयो । अहिले स्वास्थ्य चौकीहरुमा सामान्य औषधी समेत उपलब्ध नहुने गरेको जनगुनासो बढेको भन्दै स्वास्थ्य चौकीको जिम्मेबारी पनी प्रदेश सरकार अथवा केन्द्र सरकारले लिनुपर्ने बताउनुभएको छ ।
स्थानिय तहहरु भौतिक पुर्बाधार बिकासका काममा मात्रै केन्द्रि रहेको उहाँको भनाई छ । यस्तै सामाजिक बिकास मन्त्री सुबेदीले प्रदेश सरकार नागरिकहरुको स्वास्थ्य प्रती गम्भीर रहेको बताउनु भएको छ । अरु प्रदेशको तुलनामा सुदुरपश्चिम प्रदेश सरकार कोरोना महामारी नियन्त्रणमा पनि सफल भएको उहाले दाबी गर्नु भएको छ । सरकारको भलो नचाहनेहरुले बिरोध र नकारात्मक टिकाटिप्पणी गरे पनि प्रदेश सरकार आफ्नो लक्ष्यमा अडिक रहेको बताउनु भयो । मन्त्री सुबेदिले स्वास्थ्य क्षेत्रको सुधारका लागी आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
कुनै पनी बिरामीले अब आर्थिक अभाबकै कारण ज्यान गुमाउनु नपर्ने उहाको दाबी छ । जिल्लामा देखिएको स्वास्थ्यकर्मीको अभाब र अन्य बिभिन्न समस्याहरु पनि छिट्टै समाधान हुने उहाँले आश्वासन दिनुभएको छ । यस्तै सुर्नया गाउपालिका उपाध्यक्ष लिला बिष्टले स्थानिय तहहरुमा अहिले सञ्चालनमा रहेको उपाध्यक्षको कोसेली कार्यक्रम निकै प्रभाबकारी भएको बताउनुभएको छ । सुर्नया गाउपालिकामा उक्त कार्यक्र सुरु भए पछि संस्थागत सुत्केरी गराउने महिलाहरुको संख्यामा बृद्धि भएको बिष्टले बताउनुभयो ।