डिलाशैनी गाउँपालिकाले पनी ल्यायो निति कार्यक्रम र बजेट
बैतडी-असार २०/ बैतडीको डिलाशैनी गाउँपालिकाले आईतवार अगामी आर्थिक बर्षको निति कार्यक्रम तथा बजेट ल्याएको छ । असार १० गते भित्र निति तथा कार्यक्रम ल्याउनु पर्ने संबैधानिक ब्यवस्था भए पनि डिलाशैनी गाउँपालिकाले ढिलो गरी अगामी आर्थिक २०७८/०७९ को निति कार्यक्रम ल्याएको हो । १० वटा स्थानिय तह रहेको बैतडीमा ९ वटा स्थानिय तहहरुले असार १० गतेभित्रै निति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका थिए । समयमै निति कार्यक्रम ल्याउन आन्तरिक तयार नपुगेकाले ढिलो गरी निति कार्यक्रम ल्याईएको गाउँपालिकाका प्रवक्त अक्कल बहादुर रानाले जानकारी दिनुभएको छ । आईतवार १० औँ गाउँसभाबाट निति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको उहाँले बताउनुभयो । अगामी आर्थिक बर्षका लागी कृषि, पर्यटन तथा रोजगारीलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याईएको गाउँपालिकाले जनाएको छ ।