बैतडीमा जीप दुर्घटना : २ जनाको मृत्यु, ९ जना घाईते
बैतडी-असार २०/ बैतडीमा जीप दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ देखि डडेल्धुरातर्फ गईरहेको से १ ज ७३९ नम्बर जीप लगन भन्ने ठाउँमा र्दुघटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा सिगास गाउँपालिका वडा नम्बर ३ का ४५ बर्षीय मान सिँह साउँद र ६४ बर्षीय राम सिंह धामी रहेका छन् ।
दुर्घटनामा परी घाईते भएका ९ जना मध्ये सिगास गाउँपालिका वडा नम्बर ३ का ४५ बर्षीय जय सिँह धामी, १८ बर्षीय योगेन्द्र धामी, १३ बर्षीय लक्ष्मण बोहरा र ४० बर्षीया गोमती साउँदको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । यस्तै सामान्य घाईते हुनेहरुमा सिगास गाउँपालिका वडा नम्बर ३ का २९ बर्षीय करन सिंह धामी, ४५ बर्षीय दलबीर साउँद, ४० बर्षीय चक्र धामी, ३८ बर्षीय बासमती धामी र ४४ बर्षीय हरिभान धामी रहेका छन् ।
जिपमा १२ जना सवार रहेकोमा जिप चालक खगेन्द्र साउँद भने फरार रहेका छन् । घाईतहरुलाई अस्पताल तर्फ पठाउने काम भईरहेको प्रहरीले बताएको छ । जीप सडकबाट ६० मिटर तल खसेको छ ।