पारिश्रमिक नपाएका मजदुरहरुको आन्दोलनलाई नेवि संघ बैतडीको समर्थन

बैतडी–असार १९/ पारिश्रमिक माग गर्दै बैतडी पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने मजदुरहरुले थालेको अनसनमा नेपाल विद्यार्थी संघ बैतडीले पनी एक्यबद्धता जनाएको छ । नेपाल विद्यार्थी संघ बैतडी शनिवार एक बिज्ञप्ती जारी गर्दै पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने मजदुरहरुले २१ महिनादेखि पुर्वाधार विकास कार्यलयबाट पारिश्रमिक नपाए पछि थालेको अनसनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । “श्रमजीवी मदजुरहरुले आफ्नो पारिश्रमिकका निम्ति राज्यका सम्बन्धित निकायहरुलाई पटक पटक गुहार्दा पनी आश्वासन मात्र मिल्ने गरेको कुरा सर्बबितितै छ । त्यस कारणले आफ्नो दैनिक जीविका निर्बाह गर्न र श्रमको ज्यालाको माग गर्दै शुक्रबारदेखि सुरु भएको रिले अनसनमा नेपाली विद्यार्थी संघ बैतडीको पुर्ण एक्यबद्धता रहन्छ ।” नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपिल केसीद्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ । यस्तै यथासिघ्र मजदुरहरुका मागहरु पुरा गर्न सम्बन्धित निकायले ध्यान नदिएमा नेपाल विद्यार्थी संघ बैतडीले मजदुर आन्दोलनमा सर्मथन गर्दै थप आन्दोलनका कार्यक्रमहरु चर्काउने चेतावनी समेत दिएको छ ।

No description available.

सम्बन्धित

Leave A Reply

Your email address will not be published.