बैतडीमा भेरोसेल खोपको दोस्रो मात्रा लगाईने
बैतडी-असार १९/ बैतडीमा पनी कोरोना भाईरस कोभिड १९ बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । यस अगाडी भेरोसेल खोपको पहिलो मात्रा लगाएका नागरिकहरुलाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाईने स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । जिल्लाका १० वटै स्थानिय तहका प्रत्येक वडाको एउटा स्वास्थ्य चौकीबाट खोप दिईने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले जानकारी दिनुभयो । असार २२ गते जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका नागरिकहरुलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाईने उहाँको भनाई छ । यस्तै असार २३ गते मेलौली नगरपालिकाका, असार २५ गते पाटन नगरपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकहरुलाई खोप लगाईने छ । असार २६ गते सिगास गाउँपालिका र सुर्नया गाउँपालिका तथा असार ३१ गते पुर्चौडी नगरपालिकाका नागरिकहरुलाई उक्त खोप लगाईने भएको हो । गत जेठ २८ गतेदेखि बैतडीमा कोरोना भाईरस कोभिड १९ बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईएको थियो ।