पाटन नगरपालिकाले ठप्प पठनपाठन बैकल्पिक बिधिबाट अगाडी बढाउने

बैतडी-असार १९/ बैतडीको पाटन नगरपालिकाको कोरोना भाईरस कोभिड १९ का कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई लयमा फर्काउन बैकल्पिक बिधिबाट पठनपाठन सञ्चालन गर्ने निणर्य गरेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा रोकिएको पठनपाठनलाई बिभिन्न बैकल्पिक बिधिबाट सञ्चालन गर्ने निणर्य गरिएको नगरपालिकाका शिक्षा संयोजक बिर्ख राज भट्टले जानकारी दिनुभएको छ ।

कोरोनाको दोस्रो लहरको संक्रमण केही मथ्थर भए पनि संक्रमणको जोखिम कायमै रहेको र तेस्रो लहरको संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखि बैकल्पिक बिधिबाट शैक्षिक गतिबिधि अगाडी बढाउन विद्यालयहरुलाई परिपत्र गरेको उहाँको भनाई छ ।

   नयाँ शैक्षिक सत्र सुरु भईसकेको अवस्थामा आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण तथा बैकल्पिक विधिबाट पठनपाठन गर्न विद्यालयहरुलाई अनुरोध गरिएको शिक्षा संयोजक भट्टले बताउनुभयो । फोन ईन, अनलाईन माध्यम तथा घर दैलो अभियानबाट विद्यार्थी भर्ना गर्न, विद्यार्थीहरुको घर दैलोसम्म पाठ्यपुस्तक पुगाउने ब्यबस्था मिलाउन र नगरपालिकाको शिक्षा शाखाबाट आवश्यक बजेट विद्यालयहरुको खातामा निकासा भईसकेकाले अनलाईन माध्यम सीयुजी गु्रपबाट पठनपाठन गर्न नगरपालिकाले विद्यालयहरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.