बैतडी : दनपामा प्रधानाध्यापकहरुको बैठक सम्पन्न
बैतडी-असार १८/ बैतडीको दशरथचन्द नगरपालिका भित्रका बिभिन्न विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न भएको छ । कोरोना भाईरस कोभिड १९ ले शैक्षिक क्षेत्रमा पारेको प्रभाव, पठनपाठनका लागी देखिएका समस्या र भावी रणनितिका बारेमा छलफल गर्दै बैठक सम्पन्न भएको हो । नगरपालिका भरिका बिद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको उक्त बैठकमा कोरोनाका कारण नराम्ररी प्रभावित भएको शिक्षा क्षेत्रलाई कसरी लयमा फर्काउने र अझै पनी कोभिडको संक्रमण कायमै रहेकाले रोकिएको पठनपाठनलाई कसरी अगाडी बढाउने भन्ने बिषयमा छलफल भएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिनुभएको छ । अहिले विद्यालय सञ्चालन गरेर भौतिक उपस्थितिमा पठनपाठन गर्नका लागी शिक्षक तथा विद्यार्थीहरुलाई निकै जोखिम रहेकाले कोभिड भ्याक्सिनको ब्यवस्था हुनु पर्ने कुराहरु बैठकमा उठेको उहाँले बताउनुभयो । तत्काल कोरोनाको संक्रमण केही मथ्थर भए पनि बैकल्पिक बिधिबाट पठनपाठन हुनुपर्ने उनीहरुको माग छ । कोभिड खोपको बिषयमा नगरपालिकाका जनप्रतिनिधिहरुसंग पनी छलफल गरिएको छ । यस्तै बैठकमा सहभागी प्रअहरुलाई मास्क र स्याजिटाईजर तथा सिकाई सहजीकरण निर्देशिका, शैक्षिक क्यालेण्डर र झोला लगायतका शैक्षिक समाग्रीहरु समेत वितरण गरिएको छ ।