बैतडीको पञ्चेश्वरमा महिनावारी स्वच्छता प्रवर्दन सम्बन्धी अभिमुखीकरण

बैतडी असार १८ । बैतडीको पञ्चेश्वर गाउँपालिकामा महिनावारी स्वच्छता प्रवर्दन सम्बन्धी अभिमुखीकरण तथा अन्तरकृया कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाको सहयोगमा प्रत्येक वडामा महिनावारी स्वच्छता प्रवर्दन सम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन भएको गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिुनभयो ।

समाजमा महिनावारी बारेका विभिन्न अन्धविश्वासलाई हटाएर महिनावारीलाई मर्यादित बनाउन यो कार्याक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । महिनावारीको समयमा अलग्गै बस्ने र बस्न लगाउने , पोसीलो खानेकुुराबाटै बञ्चीत गराउने, छुनु हुँदैन भन्ने जस्ता गलत प्रथा र कुरीतिहरुलाई निवारण गर्न कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

महिला स्वास्थ्य स्वयमसेविका, विभिन्न हिँसामा परेका महिला लगायतका अन्य महिलाहरुको सहभागितामा कार्यक्रम गरेर सचेतना जगाउन थालिएको उपाध्यक्ष भट्टले बताउनुभयो । सञ्चालित कार्यक्रमबाट महिलाहरु सतेच र सजक बन्ने विश्वास गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.