पारिश्रमिक माग गर्दै पाटन –पञ्चेश्वर सडकमा काम गर्ने मजदुर अनसनमा
बैतडी असार १८ । पारिश्रमिक माग गर्दै बैतडी पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने मजदुरहरुले अनसन थालेका छन् । दुई वर्ष देखिको आफुहरुको तलब दिनु पर्ने माग राख्दै सडकमा काम गर्ने मजदुरहरुले सडकमै रिले अनसन थालेका हुन् ।
लामो समय सम्म काम गरे पनि तलब उपलब्ध नभएपछि सम्बन्धीत निकायको ध्यानाकर्षण गर्न मजदुरहरु पाटन पञ्चेश्वर सडक खण्डमै रिले अनसन सुरु गरेका छन् ।
तलब माग गर्दै जाँदा दिलाउछौ भन्ने आश्वासनमात्रै मिल्ने, आफहुरुले तलब नपाउने गरेकाले सरकारलाई दबाव दिन अनसन सुुरु गरेका मजदुर जयराम भुलले जानकारी दिनुभयो । आफुहरुलाई सरकारले धेरै ढाँटेको छ र हेपेको छ भन्दै उनले अब तलब नपाउदा सम्म अनसन नतोडिने बताउनुभयो ।
पाटन पञ्चेश्वर सडक खण्डमा काम गर्ने मजदुरहरुलाइ २१ महिनादेखि पारिश्रमिक मिलेको छैन् । सम्बन्धीत निकाय संग हारगुहार गरेपनि उनिहरुले अहिले सम्म तलब नपाएका हुन् । तलब नपाँउदा उनिहहरु समस्यामा छन् । पाटन –पञ्चेश्वर सडकमा १२ जना लेन्थवर्करहरु काम गर्दै आईरहेका छन्।