मेलौलीमा एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता २ हजार पुग्यो
बैतडी असार १८ ।बैतडीको मेलौली नगरपालिकाले एकल पुरुषको भत्ता बढाएको छ । मेलौली नगरपालिकाले एकल पुरुषको भत्ता ५ सय रुपयाँ बढाएको हो ।
मासिक १५ सय पाइरहेका मेलौलीका एकल पुरुषले अब अगामि वर्ष देखि २ हजार पाउने भएका छन् । मेलौलीले एकल पुरुषको मात्र होइन टुहुरा बालबालिकाको पनि भत्ता बढाएको हो । एकल पुरुष र टुहुरा बालबालिकाको भत्ता ५सय थप गरेको जनाउदै नगरपालिकाका नगर प्रमुख कृष्ण सिहँ नायकले अगामि वर्ष देखि २ हजार रुपयाँ भत्ता दिइने जानकारी दिनुभयो ।
मेलौली नगरपालिकाले गएको तीन बर्ष यता ५० बर्ष भन्दा माथि र ६० बर्ष भन्दा मुनिका विदुर र आमा बुवा गुमाएका टुहुरा बालबालिकाहरुलाई भत्ता दिँदै आएको छ । मेलौली नगरपालिकाले २०७५ सालबाट विदुर भत्ता दिन सुरु गरेको थियो । भत्ता बढेपछि एकल पुरुष र टुहुरा बालबालिका खुसी भएका छन् । मेलौली नगरपालिकाले भत्ता दिदा सहज भएको वडा नं ९ का एकल पुरुष शंकर दत्त भट्टले बताउनुभयो ।
अगामि वर्ष देखि ५सय भत्ता बढाएकोमा नगरपालिकालाई उनले धन्यवाद पनि दिनुभयो । भत्ता बढ्दा खुसी लागेको विदुर पुरुषहरुको भनाई छ । मैलौली नगरपालिकाले दिने भत्ताबाट श्रीमती गुमाएर एकल जीवन बाँचीरहेका विदुरु पुरुष र आमा बुवा गुमाएका टुुहुराहरुलाई जीवन यापनमा सहज भएको छ । मेलौलीमा १९ जना टुहुरा बालबालिका र ८८ जना विदु्र पुरुष रहेका नगरपालिकाले जनाएको छ।